Logo

सुशील कोइराला फाउन्डेसन र खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रमबीच सम्झौता



काठमाडौँ, २५ वैशाख । सुशील कोइराला मेमोरियल फाउन्डेसन र त्रिभुवन विश्वविद्यालय खेलकुद विज्ञानमा स्नातकोत्तर कार्यक्रमबीच युवा र खेलकुदमा सहकार्य गर्ने सहमति भएको छ । फाउन्डेसनका सदस्य सचिव अतुल कोइराला र कार्यक्रम प्रमुख गङ्गाबहादुर थापाबीच आज विश्वविद्यालयमा सम्झौता भएको हो । सम्झौता अनुसार शैक्षिक कार्यक्रममा खेलकुदलाई राखेर देशव्यापी अभियान सञ्चालन गरिने भएको छ ।

सम्झौता अनुसार देशभर युवा र खेलकुदमा रुचि हुनेलाई प्रोत्साहन गर्ने नीति पनि रहेको सदस्य सचिव कोइरालाले राससलाई जानकारी दिए । नातावाद एवं राजनीतिकरणले खेलकुदलाई बिगार्ने भएकाले यसलाई स्वतन्त्र रुपमा सञ्चालन हुन दिनुपर्नेमा सम्झौता कार्यक्रमका वक्ताले जोड दिएको थियो । फाउन्डेसन र कार्यक्रमबीच गत वर्ष कोरोनापछि खेलाडीको मानसिक अवस्था कस्तो छ भनी संयुक्त रुपमा अध्ययन गरिएको थियो । युवा र खेलकुद विषयमा सरोकार राख्ने अन्य निकायसँग पनि सहकार्य गर्ने फाउन्डेसनको नीति रहेको जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्