काठमाडौं, २५ बैशाख । नेकपा (एमाले) का सांसद गोकुल प्रसाद बाँस्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति व्यंग्य कसेका छन् । उनले प्रचण्डपथ अहिले महतपथमा विलय भएको आफूले महशुस गरेको टिप्पणी गरे । आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०८० सिद्धान्त र प्राथमिकता विषयक छलफलमा भाग लिँदै सांसद बाँस्कोटाले यस्तो आरोप लगाएका हुन् ।
उनले नेपालको तीन खम्बे अर्थतन्त्रलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले एक खम्बेजस्तो बनाएको भन्दै अब हिँड्न नसक्ने हुने पनि टिप्पणी गरे । उनले देश अहिले आर्थिक मन्दीमा रहेको सुनाए । सरकार भने अहिले आफ्नो दायित्वबाट पछि हटेको उनको आरोप छ । उनले अर्थतन्त्र चलायमान बनाउने भूमिकाबाट सरकार भाग्न खोजेको बताए ।