Logo

भारतमा मिग विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु



नयाँ दिल्ली, २५ वैशाख । भारतको पश्चिमी राज्य राजस्थानमा विमान दुर्घटना भई यहाँस्थित एउटा घरमा खस्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सोमबार मिग–२१ सैन्य विमान दुर्घटना भएको हो ।

“पाइलटलाई सकुशल उद्धार गरिएको छ। मिग एउटा घरमा खस्यो। दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्,“ प्रहरी अधिकारी सुधीर चौधरीले पश्चिमी राज्य राजस्थानमा दुर्घटनापछि एएफपीलाई बताएका छन् । घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot