Logo

रविविरुद्ध फेरि सर्वोच्च पुगे सफल (रिटसहित)



काठमाडौं, २५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सिन्धुलीका युवराज पौडेल ‘सफल’ पुन: सर्वोच्च अदालत पुगेका छन्।

सफल सोमबार सभापति लामिछाने संसद सदस्य पदमा बहाल रहन अयोग्य रहेको भन्दै रिट दायर गर्न सर्वोच्च पुगेका हुन्।

लामिछाने सांसद रहिरहँदा कानूनी शासन र संवैधानिक सर्वोच्चतामाथि नै गम्भीर प्रश्न उठ्ने दाबी गर्दै उनलाई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ अन्तर्गत अन्तरिम आदेश जारी गरी प्रतिनिधिसभा सदस्यकोरुपमा कार्य गर्न रोक लगाउन माग गर्ने रिट निवेदन दर्ता गराउन अदालत पुगेका हुन्।

सर्वोच्चले उनको रिट निवदेनलाई दर्ता नगरी अध्ययनका क्रममा राखेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot