काठमाडौं, वैशाख २६ । अर्थतन्त्रमा आएको सुस्तता चिर्न सरकारले आगामी मौद्रिक नीतिको भर पर्ने संकेत गरेको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले वित्त नीतिबाट मात्रै अर्थतन्त्र सुधार्ने ठाँउ नभएको भन्दै मौद्रिक नीतिलाई लचिलो बनाउनु पर्नेमा जोड दिइरहेका छन् ।
राष्ट्र बैंक चालु आर्थिक वर्ष त्रैमासको मौद्रिक नीति समीक्षा गर्ने तयारीमा छ भने नयाँ आवको लागि नीति बनाउने तरखरमा छ ।
यसबीचमा अर्थमन्त्री महतले मौद्रिक नीतिलाई लचिलो बनाई अर्थतन्त्रका क्रियाकलापहरुलाई खुकुलो बनाउँदै जानुपर्ने बताउँदै आएका छन् ।
विगतका केही महिनामा बैंक व्याजदर चर्को भएकाले अर्थतन्त्रमा सुस्तता आएको निजी क्षेत्रले बताउँदै आएको छ । आजको कारोबार दैनिकबाट