Logo

सामाजिक सुरक्षा ऐनले अनौपचारिक क्षेत्रमा श्रमिक समेट्न सकिएन



काठमाडौं, वैशाख २६ । सामाजिक सुरक्षा ऐनले औपचारिक र अनौपचारिक सबै क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्ने भनेको छ । अनौपचारिक क्षेत्रका श्रमिक समेट्न कार्यविधिसमेत आएको छ तर पनि कार्यान्वयनमा आउन सकेको छैन ।

केपी शर्मा ओली नेतृत्वको सरकारले युुगको सुुरुवात भन्दै औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई कोषको योजनामा आबद्ध गर्यो । अनौपचारिक क्षेत्रका श्रमिकलाई समेट्ने छुुट्टै कार्यविधि आउँदासमेत कोषको योजनामा समेट्न सकिएको छैन । अनौपचारिक क्षेत्रका श्रमिक समेट्नका लागि गएको माघ महिनामा कार्यविधि तयार गरियो । नियम अनुसार कार्यविधि बनेको ९० दिनमा लागू हुुने व्यवस्था छ ।

उक्त कार्यविधि यही वैशाख १ देखि कार्यान्वयनमा आउनुुपर्ने हो तर वैशाख महिना गइसक्दा पनि लागू गर्ने विषयमा कसैलाई वास्ता भएको देखिँदैन । वैदेशिक रोजगारीमा जाने र गएका श्रमिकका लागि बनेको कार्यविधि भने चैतको पहिलो सातादेखि लागू भएको थियो । आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्