Logo

प्रतितोला ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर



काठमाडौं, २६ वैशाख। नेपाली बजारमा आज  सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य मंगलबार बढेर प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ पुगेको हो । यस्तै नेपाली बजारमा चाँदीको मूल्य भने पछिल्ला ५ दिनदेखि स्थिर छ ।

आज नेपाली बजारमा चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी नेपाली बजारमा गएको हप्ताको शुक्रबार पनि सोही मूल्यमा कारोबार भईरहेको थियो ।



प्रतिक्रिया दिनुहोस्