काठमाडौं, २६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले सरकारले अब भ्रष्टाचारको फाइल खोल्नेमात्रै नभएर फायर खोल्ने नीति लिनुपर्ने बताएका छन् । उनले भ्रष्टाचारीलाई कडा कारबाहीको नीति राज्यले लिनुपर्ने बताएका छन् ।
आज (मंगलबार) बसेको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै सांसद शर्माले यस्तो बताएका हुन् । सम्बोधनको क्रममा उनले भने,‘यहीँनेर भुटानी शरणार्थीको सन्दर्भको फाइल खोलिएको छ । यसलाई निष्कर्षमा पु¥याउनुपर्छ भन्ने अपील र आग्रह गर्न चाहन्छु,’ भ्रष्टाचारका विरुद्ध फाइल मात्रै होइन फायर खोल्नुपर्छ राज्यले ।’
यद्धपी उनले भ्रष्टाचारको विषयमा कारबाही गर्दा निर्दोष फस्न नहुने धारणा राखे । र, दोषीलाई हदैसम्मको कारबाही गरिनुपर्ने उनको भनाई थियो । भ्रष्टाचारको छानबिनका लागि राज्यले कुनै पनि हदम्याद राख्न नहुने शर्माको भनाइ छ ।
उनले भने,‘कुनै किन्तु–परन्तु नगरीकन भ्रष्टाचारको छानबिनको सन्दर्भमा राज्यले कठोरतापूर्वक जानका लागि कुनै पनि हदम्याद राख्ने कुराबाट सरकार पछि सर्नुपर्छ, यो राख्ने कुरासँग सहमति हुन सकिँदैन ।’
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम