Logo

अर्थमन्त्रीलाई राउतको सुझाव : बजेट बनाउँदा विदेशमा रहेका मजदुरहको पनि तस्विर राख्नुहोस (भिडिओसहित)



काठमाडौं, २६ बैशाख । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले शिक्षाको गुणात्मक विकासको लागि राम्रा विद्यालयभन्दापनि राम्रा शिक्षकहरुको आवश्यकत्ता औंल्याएका छन् । उनले विद्यालय नहुँदापनि राम्रो शिक्षक भयो भने रुखको छहारीमुनि बसेर पनि विद्यार्थीहरुले राम्रो शिक्षा लिनसक्ने बताए ।

उनले अहिलेपनि ठूला ठूला अस्पताल बनाईएपनि दक्ष प्राविधिक नभएको हुँदा अस्पतालमा ल्याईएका उपकरण प्रयोगहिन भएको बताए । आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै राउतले यस्तो बताएका हुन् ।

उनले बजेट बनाउँदा विदेशमा मजदुरी गर्नेहरुको तस्विर पनि सँगै राखेर बनाउन सुझाव दिए । उनले सामाजिक सुरक्षा भक्ता खुवाउनको लागि बजेटमा सुनिश्चितता् गरिनुपर्ने पनि बताए । नेपालमा दशकौंदेखि विकासको गलत मोडेललाई अभ्यास गरिएको सुनाए । उनले ऋण माँगेर घ्यु खाने प्रचलन अहिलेको अवस्थामा देखिएको बताए । उनले आगामी बजेट मानवकेन्द्रित हुनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot