Logo

माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, पार्टी एकताको विषयमा छलफल



काठमाडौं, २६ बैशाख । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ।

मंगलबार उनीहरुबीच एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो।

भेटवार्तामा पार्टी एकीकरणको विषयमा छलफल भएको पार्टी सचिवालयले जनाएको छ।

अध्यक्ष नेपालसँगै एकीकृत समाजवादीबाट महासचिव घनश्याम भुसाल र उपमहासचिव गंगालाल तुलाधारलगायतका नेताहरु सहभागी रहेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot