Logo

यस्तो छ महामन्त्री शर्माको ‘भिजन-९५’



काठमाडौं, २६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशको १५ बर्षे परिकल्पना अर्थात ‘भिजन-९५’ प्रस्तुत गरेका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री शर्माले १५ बर्षे परिकल्पना अर्थात ‘भिजन-९५’ प्रस्तुत गरेका हुन्।

यस्ता छन् उनले बैठकमा प्रस्तुत गरेका ‘भिजन-९५’का ११ बुँदा :

१) हरेक नेपालीको एउटा प्रविधियुक्त घर होस्।
२) जीवन निर्वाहको जुनै क्षेत्र अँगाले पनि आत्मसम्मानको सामाजिक वातावरण प्राप्त होस्।
३) निश्चित रोजगारी, व्यवसाय वा लगानी कम्तीमा एक सुनिश्चित होस्।
४) आफ्नै देशको अर्ग्यानिक उत्पादन भान्सामा होस्।
५) स्वास्थ उपचारका लागि बिमा अनि निकट दुरीमा अत्यावश्यक उपचारको उपलब्धता होस्।
६) रोजाइको पढाइ नि:शुल्क प्राप्ति या आर्थिक योगदान गर्न सक्ने अवस्था होस्।
७) पर्यावरण रक्षासहितको भौतिक विकास प्राप्त होस्।
८) साहित्य, संगीत, सिनेमा, खेलकुद आदिका माध्यमद्वारा देशले निरन्तर प्रतिष्ठा हासिल गरिरहेको स्थिति प्राप्त होस्।
९) विभेद, हिंसा र अन्य कुनै पनि सामाजिक विसंगतिबाट मुक्त समाजको सदस्य हुँ भन्ने गौरव प्राप्त होस्।
१०) विवशताको आँसु बगाउँदै कसैले देश छोड्न नपरोस्, विश्वभर छरिएको नेपाली डायस्पोराको सीप, पुँजी र भावना निरन्तर नेपालसँग गाँसिइरहने स्थिति बनोस्।
११) पर्याप्त सुख नभए पनि खुसी पारिवारिक जीवनको आत्मसन्तोष साथमा होस्।



प्रतिक्रिया दिनुहोस्

Screenshot