Logo

आयोजना वर्गीकरणको मापदण्ड बन्दै



काठमाडौं, वैशाख २७ ।  राष्ट्रिय योजना आयोगले आयोजना वर्गीकरणको आधार तथा मापदण्ड बनाएको छ । आयोजना कार्यान्वयनमा सरकारका तहगत र विषय क्षेत्रगत भूमिकालाई स्पष्ट बनाउने उद्देश्यले मापदण्ड बनाइएको हो ।

आयोगमा अनुसार यो मापदण्ड मन्त्रिपरिषद् मा पठाउन लागिएको छ । योजना आयोगका सदस्य जयकान्त राउतले आयोजना वर्गीकरणको आधार तथा मापदण्ड २०७९ निर्माण गरी मन्त्रिपरिषद् पठाउन लागिएको जानकारी दिए ।

हालसम्म आयोजना वर्गीकरणको मापदण्ड नहुँदा वस्तुगत आधारमा आयोजनाको तहगत तथा क्षेत्रगत वर्गीकरण गर्न सकिएको थिएन । यसले उच्च, दिगो र समावेशी एवं सन्तुलित विकास हासिल गर्न र राष्ट्रिय लक्ष्य पुरा गर्न चुनौती भएको थियो । आजको कारोबार दैनिकबाट

 



प्रतिक्रिया दिनुहोस्