Logo

शरणार्थी प्रकरणमा अध्यक्ष लिङ्देन भन्छन् : शीर्षस्थ नेताको बैठकलाई आशंकाको रुपमा हेरिएको छ



काठमाडौं, २७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूलठूला नेताहरुको नाम मुछिएको भन्दै शीर्षस्थ नेताको बैठकलाई समेत आशंकाको रुपमा हेरिएको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूलठूला नेताहरुको नाम मुछिएको भन्दै शीर्षस्थ नेताको बैठकलाई समेत आशंकाको रुपमा हेरिएको बताएका हुन्।

उनले भने, ‘यो लज्जास्पद विषय हो। ठूल्ठूला मानिसहरुको नाम छ्यापछ्याप्ती आइरहेको छ। शीर्षस्थ नेताको बैठकलाई समेत आशंकाको रुपमा हेरिरहेका छन्। सरकारले आफ्नो प्रतिबद्धता र अहिलेसम्म भएका कारबाहीबारे जानकारी गराउन माग गर्छौ।’

उनले सो प्रकरण आर्थिक भ्रष्टाचार मात्रै नभइ राज्य विरुद्धको जघन्य अपराध भएको बताउँदै भने, ‘यसमा संलग्न कोहीपनि मानिसलाई छुट दिनुहुँदैन र, कसैलाई पनि उन्मुक्ति दिनुहुँदैन। प्रहरीले अनुसन्धान नगर्ने हो की भन्ने कुरा पनि आउन थालेका छन्।’



प्रतिक्रिया दिनुहोस्