Logo

टोपबहादुरले संसद् सचिवालयलाई भने : बिरामी छु



काठमाडौं, २७ बैशाख । सांसद् टोपबहादुर रायमाझीले आफू बिरामी भएको बताएका छन्।

बुधबार संघीय संसद् सचिवालयलाई पत्र पठाउँदै सांसद् रायमाझीले आफू बिरामी भएको र बिदा जनाइदिन आग्रह गरेको पत्र संसद सचिवालयमा दर्ता भएको संसद् सचिवालय निकट स्रोतले जनाएको छ।

उक्त पत्रमा उनका स्वकीय सचिवले हस्ताक्षर गरेको बताइएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझी फरार रहेका छन्।

उनलाई आज नै उनको पार्टी नेकपा (एमाले)ले निलम्बनसमेत गरेको छ।



प्रतिक्रिया दिनुहोस्