Logo

नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकाको मृत्यु, २५ बेपत्ता



कानो, नाइजेरिया, २७ वैशाख । नाइजेरियाको उत्तरपश्चिमी सोकोतो राज्यस्थित एक नदीमा डुङ्गा पल्टिँदा १५ जना बालबालिकाको डुबेर मृत्यु भएको एक स्थानीय अधिकारीले बुधबार एएफपीलाई जानकारी दिएका छन् । घटनामा अन्य २५ जना बेपत्ता भएको बताइएको छ ।

शागारी जिल्लाका राजनीतिक प्रशासक अलियु अबुबकरले ती बालबालिका मङ्गलबार शागारी नदीको पारिपट्टिको झाडीमा दाउरा टिप्न जाँदै गर्दा डुङ्गा पल्टिएको जानकारी दिए ।

“१३ बालिका र दुई बालकगरी १५ जनाको शव स्थानीय उद्धार टोलीले निकालेको छ र गाउँमा पुरिएको छ,” उद्धार कार्यको अनुगमन गरिरहेका अबुबकरले भने । रासस



प्रतिक्रिया दिनुहोस्