काठमाडौं, २७ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना विश्वासपात्र भनेर चिनिएका नेता बालकृष्ण खाँण पक्राउ परेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तातिएका छन् ।
उनले खाँण पक्राउ परेपछिको अवस्थाबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरुलाई आफ्नो निवासमा बोलाएका हुन् । यसअघि देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । सो भेटवार्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीपनि सहभागी थिए ।
सो भेटवार्तामा टिआरसी विद्येयकबारे छलफल भएको बताईएको छ । अहिले शीर्ष नेताहरु देउवाको डेरामा जाने क्रम सुरु भएको छ । यो प्रकरणमा कांग्रेसका शेखर कोइराला र गगन थापा पक्ष भने दोषी जो कोही भएपनि कडा कारबाही गरिनुपर्ने पक्षमा उभिएको छ । File Photo/RN