Logo

कांग्रेस पदाधिकारी बैठक : खाँणलाई निलम्बन गर्नेबारे छलफल



काठमाडौं, २७ बैशाख । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल भएको छ । सो क्रममा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका र आजमात्रै पक्राउ परेका बालकृष्ण खाँणलाई पार्टीबाट निलम्बन गर्नेबारे छलफल भएको थियो ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज साँझ बसेको उक्त बैठकमा समसामयिक राजनीतिक र पार्टी सङ्गठनका विविध विषयमा छलफल भएको थियो । बैठकमा काठमाडौँमा उपलब्ध पार्टी पदाधिकारी सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्