Logo

ठूला दलका ठूला नेताहरु नालायक हुन्, हामी विकल्प दिन्छौं : बद्री न्यौपाने (भिडिओसहित)



काठमाडौं, २७ बैशाख । आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद न्यौपानेले मुलुकलाई सही दिशामा अघि बढाउनको लागि नेतृत्व दिनेगरि आफूहरुको दल अघि बढेको बताएका छन् । उनले पार्टीको प्रथम सर्लाही जिल्ला भेलालाई सम्बोधन गर्दै जनताले खोजेको विकल्प र परिवर्तनको आकांक्षा आफ्नो दलले पूरा बताए ।

उनले भने,”आजपा यो देशको वैकल्पिक शक्ति हो । बाराको उपनिर्वाचनमा यहाँहरुले देख्नुभयो, हाम्रो पार्टीले सम्मानजनक मत ल्यायो, जन्मिएको तीन महिना भएको पार्टीले संगठनको विजारोपण गरेको कुरा त्यो उपनिर्वाचनबाट पनि पुष्टि भयो ।
उनले आफूहरुले एमालेले खोक्रो राष्ट्रवादको कुरा गरेको र सधैं सत्ताकेन्द्रित फोहोरी राजनीति गरेकोले परित्याग गरेर विद्रोह गरेको स्मरण गराए । उनले भने, जुन दिन एमालेले सत्ताको लागि जोसँग पनि सहकार्य गर्न थाल्यो, त्यही दिन मैले राजीनामा दिएँ। पार्टी अध्यक्ष प्रभु साहले पनि क्रान्तिकारी कदम चाल्नुभएकै हो । उहाँ एमालेमा स्थायी कमिटीमा हुनुहुन्थ्यो, तर एमालेको विकृति र विसंगति देख्न नसकेर हामीले विद्रोह गरेका हौं ।”

उनले आफ्नो दल देश र जनताप्रति पूर्ण प्रतिबद्ध रहेको सुनाए । उनले देशमा धेरै दल भएपनि आजपा नै किन चाहियो ? भन्नेबारे पनि लामो व्याख्या गरे । मुलुक ठूला दलका ठूला नेताहरुको भागबण्डाको कारण समस्याको चंगुलमा फस्दै गएको उनको भनाई थियो ।

उनले दलीय भागबण्डा, सिण्डिकेट, नाता तथा गोतामात्रै पोस्ने काम भएकोले सत्ता स्वार्थमा लागेकाहरुको आफूहरुले विरोध गरेको सुनाए । मुलुक अहिले ठूला दलका कारण संकटमा फसेको भन्दै अब जनता जागिसकेकोले आफूहरुले विकल्प दिने र मुलुकलाई संकटबाट पार लगाउने विश्वास दिलाए ।

सो कार्यक्रममा जसपालगायत विभिन्न दल परित्याग गरी ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरु आजपामा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई पार्टी अध्यक्ष प्रभु साहले पार्टीमा स्वागत गरेका थिए ।

https://www.facebook.com/badri.neupane.733/videos/1396227757835623



प्रतिक्रिया दिनुहोस्