Logo

राप्रपाले बोलायो केन्द्रीय कार्यसमिति बैठक



काठमाडौं, वैशाख २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा केन्द्रीय समितिको बैठक बोलाईएको हो ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समितिले तयार पारेको पार्टीको भावी रणनीति र कार्यनीतिसम्बन्धी कार्ययोजना, सचिवालय प्रमुख हेमजङ गुरूङले सचिवालयसम्बन्धी र कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको छ।

बैठकले पछिल्लो राजनीतिक घटनाक्रम र नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानका विषयमा पनि पार्टीले धारणा तय गर्ने प्रवक्ता श्रेष्ठले बताए।



प्रतिक्रिया दिनुहोस्