Logo

टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प



नुकुआलोफा, २८ वैशाख । टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले उल्लेख गरेको छ। टोंगाको हिहिफोबाट ९५ किलोमिटर पश्चिम उत्तरपश्चिममा भूकम्प गएको हो ।

भूकम्प १६ः०२ मा र २१०.१ किलोमिटरको गहिराइमा गएको थियो। अमेरिकी सुनामी चेतावनी प्रणालीले भूकम्पपछि सुनामीको चेतावनी नरहेको बताएको छ ।

अहिलेसम्म कुनै हताहतीको खबर आएको छैन । यसबारे थप विवरण आउँन बाँकी छन्। रासस



प्रतिक्रिया दिनुहोस्