पुष्कर शाह-
हाम्रा बहसका ढाँचा, शैली र शब्द फेर्नु जरुरी छ् ।अरुलाई तुच्छ बोलेर आफु सभ्य पक्कै होइन्न ।भुइ मान्छेहरुको संवेदनशील बिषयमा पनि हामी समाजले सजिलै नपचाउने शब्द उपयोग गर्छौ भने हाम्रो भोलिको पुस्ता के पाठ सिक्छ ? यद्यपि पार्टी समर्थकको हैसियतमा पनि मर्यादा र प्रोटोकल अवस्य हुन्छ ।हामीले बोल्ने शब्द बहसका कारणहरुले पार्टीलाई सामान्य असुविधा पनि नहोस् ।
समस्याको वास्तविक चुरो कुरोलाई आपत्तिको विषय बनाउनु हुन्न ।साइकलेलाई मात्र था हुन्छ साइकलको वास्तविक पिडा। कम्प्युटरको कि बोर्डमा बसेर घाँटीको चक्र बिग्रिने गरी सराप्न आनन्द आए जस्तो सरल र सहज छैन नि साइकलमा गूड्ने जिन्दगी ।हो म कतै न कतैबाट परिचालित अवस्य हो ।देशका हजारौ हजार साइकलेहरुले मलाई उनीहरुको आवाज बुलन्द गर्न परिचालित् गर्छन ।
६२ -६३ को जन आन्दोलनपछी माओवादीलाई छोइ नसक्नु थियो । मेरीआमै अझ भनौ आँखा जुधाएर राम्ररी बहस गर्न सकिंदैनथ्यो ।आज रास्वपाका समर्थकको चर्को स्वर उस्तै देखिएको छ ।यदी सामाजिक सन्जालमा रास्वपाको पक्षमा उर्लिएको समर्थकको आँधी भोली सबैले रास्वपाको सदस्यता ग्रहण गर्यो भने पार्टीमा अर्को एउटा बिभाग नथपी सुखै छैन । त्यो हो भाषा सुधार बिभाग । सालीन तर्क र नैतिक बलमा विश्वाश राखौँ ।
अन्धभक्ति देखाएर वार रुमबाट अश्लील युद्ध नगरौं । परिवर्तन सम्भब छ भन्ने कुरामा गर्बिलो विश्वाश राख्ने मान्छे भित्रै पर्छु म पनि । गलतलाई गलत र सहिलाई सहि भन्ने चेतनाको उपयोग नगरि कुतर्कका बहसले रास्वपालाई पनि घुमीफिरी रुम्जाटार नपुर्याओस । राजनीतिको नयाँ गोरेटोबाट रास्वपाको बिशाल राजमार्ग बनोस भन्ने मनै देखी शुभ कामना ।
(# माननीय डिपि अर्याल, रास्वपाका उपाधक्षसँग सालीन दुई चार बात मरियो , मन माझियो ।)