Logo

निलम्वित फरार रायमाझीको पक्षमा ओलीको चौथो वकालत



काठमाडौं, वैशाख २९ । सरकारमा हुँदा भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताको कुरा गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली अहिले भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझी बचाउमा निरन्तर लागेका छन् । पार्टीले रायमाझीलाई निलम्बन गरे पनि अध्यक्ष ओलीले भने रायमाझीको पक्षमा वकालत गर्दै हिँड्ने क्रम छोडेका छैनन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थीको नक्कली कागजात बनाई कराडौं रुपैयाँ घोटाला प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीको खोजी सूचीमा रहेका रायमाझीका पक्षमा ओलीले बिहीबार पनि बोलेका छन् ।

यस अघि पनि उनले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर रायमाझी बचाउने विषयमा चासो राखेका थिए। रायमाझीको बचाउ गर्दै दिएको ओलीको यो चौथो अभिव्यक्ति हो ।

सत्ता गठबन्धन परिवर्तनसँगै आपसी सम्बन्ध चिसिए पनि उक्त प्रकरणका सम्बन्धमा ओलीले यही हप्ता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पटकपटक भेटवार्ता गरिसकेका छन् । भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजी सूचीमा रहेका एमाले नेता टोपबहादुर रायमाझीको बचाउमा पार्टी अध्यक्ष केपी शर्मा ओली निरन्तर सक्रिय रहँदै आए पनि एमाले पार्टीले भने रायमाझीलाई सचिवबाट निलम्बन गर्दै अनुसन्धानका लागि सहयोग गर्न आह्वान गर्दै आएको छ ।

पार्टी महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएका पार्टी सचिव रायमाझीलाई अनुसन्धान नसक्दासम्मका लागि निलम्बन गरिएको जनाएका छन्। उनले प्रहरीसमक्ष आएर अनुसन्धानलाई सहयोग पु¥याउनुपर्ने जनाएका छन् । पार्टीले एकखालको निर्णय गरिसके पनि अध्यक्ष ओलीले भने रायमाझीका पक्षमा निरन्तर वकालत गर्दै हिँड्नुले एमालेको दोहोरो भूमिका देखिएको आरोप लागेको छ ।

बिहीबार केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुँदा आश्चर्यचकित भएको बताए । ओलीले रायमाझीलाई अहिले नै दोषी भन्न नमिल्ने भन्दै अदालती प्रक्रियाले मात्र दोषी करार गर्न सक्ने बताए । ‘सोझै पैसा समाउनेलाई छाड्ने तर टोपबहादुरलाई पक्राउ पुर्जी किन जारी गरिएको रु’, उहाँले भन्नुभयो– ‘हामीले सोचेका थिएनौं टोपबहादुरजी कति संलग्न हुनुहुन्छ हुनुहुन्न, उहाँ संलग्न हुनुहुन्छ भन्ने हाम्रो अनुमान पनि होइन । सोचेका पनि थिएनौं । तर हामी आश्यर्चचकित भयौं ।’

ओलीले उक्त काण्डमा रायमाझीलाई पटकपटक निर्दोष सावित गर्न खोजे पनि रायमाझीले तत्कालीन गृहमन्त्री रामबहादुर थाकापा सुरक्षा सल्लाहाका इन्द्रजित राईसहितको गिरोहलाई सहयोग गरेको प्रहरीले पुष्टि गरेको छ । रायमाझीका छोरा सन्दीप रायमाझी र सानु भण्डारीका नाममा काटेको डेढ करोडको चेकसमेत प्रहरीले फेला पारेपछि प्रहरीले अनुसन्धानलाई गहिरो बनाउँदै लगेको हो यस प्रकरणमा रायमाझीसहित पूर्वगृहमन्त्री रामबहादुर थाप पुत्र प्रतीक थापा र इन्द्रजित राई पुत्र निरज राई फरार छन् ।

सोही अभियोगमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनाराण पाण्डे, रामबहादर थापाका सुरक्षा सल्लाहाकार इन्द्रजित राईसहित १२ जनालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान भईरहेको छ । उक्त काण्डमा नाम जोडिएका कांग्रेस नेतृहरु मञ्जु खाँण, आरजु राणा, पूर्वगृहमन्त्री रामबहादुर थापालगायत व्यक्तिहरुका बारेमा भने प्रहरीले केही बोलेको छैन । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्