Logo

बालकृष्ण खाँड आफैंले पार्टीबाट अलग छु भन्नु राम्रो : कांग्रेस नेता



काठमाडौं, २९ वैशाख । नेपाली कांग्रेसका नेता डा. गोविन्दराज पोखरेलले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई अनुसन्धानका लागि मात्र नियन्त्रणमा लिएकाले निलम्बन गर्नु नपर्ने बताएका छन् ।
‘अहिले नै खाँडमाथि मुद्दा चलेको होइन । दोषी करार भएको पनि छैन । भोलि पुछताछपछि प्रहरीले छोड्न पनि सक्छ । उहाँले अनुसन्धानमा सहयोग गरिरहनुभएको छ । यो कारबाहीभन्दा पनि नैतिकताको प्रश्न हो । हामीले निलम्बन गर्ने भन्दा पनि उहाँले आफैं अलग छु भन्नुभयो भने राम्रो हुन्छ,] नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
कांग्रेस नेता डा. पोखरेलले पार्टीको छवि पनि नबिग्रियोस् र सम्बन्धित व्यक्तिलाई पनि अन्याय नहोस् भनेर छलफल चलिरहेको पनि बताए । उनले भने, ‘हिजोको पदाधिकारी बैठकमा यो विषय टुंगो लाग्न सकेन । पार्टीको छवि पनि नबिग्रियोस् र सम्बन्धित व्यक्तिलाई पनि अन्याय नहोस् भनेर पार्टीले छलफल चलाएको छ । उपयुक्त समयमा निर्णय लिन्छ होला ।’
एउटा देशका नागरिकलाई नक्कली शरणार्थी बनाएर अर्को देश पठाउन सरकारकै जिम्मेवार मानिस लाग्नु भनेको देशको शिर झुकाउने काम भएको पनि उनले औंल्याए । यस्तो जघन्य काममा संलग्न जोसुकै व्यक्तिलाई कारबाही गर्नुपर्नेमा उनको जोडमा
डा. पोखरेलले भूपू प्रधानमन्त्री एवं प्रतिपक्षी दलको नेता केपी शर्मा ओलीले जेठ ४ मा प्रमाणसहित पोल खोल्छु भन्नु राम्रै कुरा भएको टिप्पणी पनि गरे । सांसद टोपबहादुर रायमाझी फरार हुनुमा ‘म दोषी छु’ भन्ने भाव रहेको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्