Logo

कांग्रेस नेता एवं संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधन



काठमाडौं, वैशाख २९। नेपाली कांग्रेस नेता एवं संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । गोरखापत्र दैनिकका पूर्व अध्यक्ष समेत रहेका बस्नेतको ७८ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

२००२ मंसिर २१ गते सोलुखुम्बुमा जन्मेका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट एम.ए., बी.एल गरेका थिए । उनको काठमाडौंको सिफलस्थित आफ्नै निवासमा मृत्यु भएको हो ।

उनी २००७ सालको जन–क्रान्ति कालदेखिनै नेपाली कांग्रेसको सक्रिय रहदै आएका थिए । उनी २०४८ सालदेखि २०५१ सालसम्म गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष रहेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्