Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर



काठमाडौं, वैशाख २९ । नेपाल राष्ट्र बैंकले आज वैशाख २९ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ०५ पैसा र बिक्री दर १३१ रुपैयाँ ६५ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ १५ पैसा र बिक्री दर १४३ रुपैयाँ ८० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ७७ पैसा र बिक्री दर १६५ रुपैयाँ ५२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९७ पैसा र बिक्री दर ३६ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्