Logo

सोमबारदेखि दुई हप्ता मेलम्चीको पानी वितरण बन्द गरिने



काठमाडौं, वैशाख ३० । काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि पानी वितरण बन्द गरिने भएको छ ।

आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द गरिने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत सम्भार गर्न लागिएको मेलम्ची खानेपानी आयोजनाका इन्जिनियर पदम कुँवरले जानकारी दिए ।  उनले मर्मत सम्भारपछि पानी वितरण कार्य पुनः नियमित रूपमा सुरू गरिने बताए ।



प्रतिक्रिया दिनुहोस्