Logo

सडकमा भएको भ्रष्टाचार रोक्न भन्दै ५ घण्टादेखि १ लाख ३२ हजार भोल्टको हाइटेन्सन पोलमा एक युवा



विराटनगर, वैशाख ३० । मोरङको बुढीगंगा गाउँपालिकाका एक युवा विजुलको हाइटेन्सन पोलमा चढेका छन् । वडा नं। ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझीले बुढीगंगा ७ वडा कार्यालयदेखि दक्षिणतर्फ जाने सडकमा रिटेनिङ वाल निर्माणको गुणस्तर कमसल भएको विरोधमा हाइटेन्सन पोलमा चढेका हुन् ।

बिहान पोलमा चढेका उनी दुहबी दमक लाइनको १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलको टुप्पोमा बसेका छन् । उनलाई ओराल्ने प्रयास भइरहेको छ ।

गाउँपालिका अध्यक्ष जीतनारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरेको भन्दै उनले आत्मदाह गर्ने चेतावनी दिईरहेका छन् । बुढीगंगा ७ का वडाध्यक्ष पंकज चौधरीले ती युवालाई उतार्न प्रयास भइरहेको बताए ।



प्रतिक्रिया दिनुहोस्