Logo

३२ खर्ब रुपैयाँ यो देशबाट पलायन भएको छ : दुर्गा प्रसाई



काठमाडौं, ३० बैशाख । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपालबाट ३२ खर्ब रुपैयाँ पलायन भएको दाबी गरेका छन् ।

उनले नेताहरुले देश बेचिसकेको र देश बेचेको पैसा दुवईलगायत विभिन्न मुलुकमा राखेको खुलासा गरेका छन् ।

प्रसाईले नेपालमा नेपालमा चाँडै अमेरिकी सेना आउन लागेको पनि दाबी गरेका छन् ।

शनिवार काठमाडौँको पेरिसडाँडामा पत्रकार सम्मेलन गरी उनले यस्तो सनसनीपूर्ण दाबी गरेका छन् ।

उनले अब जनताले नेताहरूलाई कारबाही गर्ने अभियान सञ्चालन नगरे देशले कहिल्यै सुख नपाउने बताए । File Photo



प्रतिक्रिया दिनुहोस्