Logo

रवीन्द्र मिश्रले किन धन्यवाद दिए अमरेशकुमार सिंहलाई ?



काठमाडौं, ३० बैशाख । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहलाई संघीयाताको सुनिनेगरि विरोध गरेको भन्दै धन्यवाद दिएका छन् । मिश्रले सिंह संघीयताको कटट्र समर्थकबाट कट्टर विरोधी भएको भन्दै सिंहको अर्को पाटो शीर्षकमा आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

मिश्रले लेखेका छन्

अमरेश सिंहको अर्को पाटो:
संघीयताको कट्टर समर्थकबाट संघीयताको कट्टर विरोधी!
सर्लाहीबाट निर्वाचित स्वतन्त्र सांसद Dr. Amresh Kumar Singh २०६२/६३ को आन्दोलनका बेला काठमाडौँका प्रमुख ७ दल र माओवादी दुबैको अत्यन्तै विश्वास पात्र थिए।
काठमाडौँमा शीर्ष नेताहरूको संवेदनशील बैठकहरू बस्दा त्यतिबेलाका कांग्रेसी ‘कनिष्ठ नेता’ अमरेश सिंह शीर्षहरूका धेरै बैठकमा उपस्थित हुने गर्दथे, जबकी उनी ‘शीर्ष’ थिएनन्। त्यतिबेला उनी संघीयताको खरो वकालतकर्ता थिए। अहिले उनी संघीयताको कट्टर आलोचक बनेका छन्। उनी सुनिने गरेर आलोचना गर्दैछन्। अरू धेरै नेता नसुनिने गरेर आलोचना गर्दैछन्। अमरेशजीलाई संघियताबारेको आफ्नो धारणा परिवर्तन गरेकोमा धेरैधेरै धन्यावाद! #SunkCostFallacy बाट माथि उठेकोमा हार्दिक
बधाई

!

राजनीतिक, भूराजनीतिक र आर्थिक सबै दृष्टिकोणबाट देशका लागि खतरनाक ‘संघियता’ खारेज गरौँ तर स्थानीय तहलाई पुनर्संरचना गर्दै सुदृढ बनाऊँ।



प्रतिक्रिया दिनुहोस्