काठमाडौं, ३० बैशाख । शुक्र हाउस अफ डाइग्गोनिष्टक एण्ड वेलनेस सेन्टर प्रा.लि.को उद्घाटन गरिएको छ । रास्वपाका नेता तथा सांसद डा. स्वर्णिम वाग्लेले आज एक कार्यक्रमकाबीच उक्त सेन्टरको उद्घाटन गरेका हुन् । प्रा.ली.ले १२५ जना विज्ञ चिकित्सक र समाजका प्रतिष्ठित व्यक्तित्वहरुको संलग्नतामा संस्थाको स्थापना गरिएको जानकारी गराएको हो ।
संस्थाको मुख्य उद्देश्य भनेको काठमाडौं तथा काठमाडौं बाहिरका देशवासीहरुलाई गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउनु भएको जनाएको छ । शुरुवातदेखि नै आफूहरुले विदेशमा परीक्षणको लागि पठाउने गरिएको केही परीक्षणहरु आफूहरुले स्वदेशमै गरिरहेको जनाएको । जसले गर्दा ठूलो धनराशी विदेशी मुद्रामा पलाउन रोक्न सकेको पनि संस्थाले जनाएको छ ।
संस्थाले विश्वकै उत्कृष्ट युएस एफडिए एण्ड युरोपियन सिई सर्टिफाईड उपकरणहरु भित्र्याएको जनाएको छ । जसअन्तर्गत एक घण्टामा ८०० भन्दा बढि विभिन्न किसिमका वायोकेमिकल परीक्षणहरुले मिर्गौला, कलेजो, मुटु आदि रोगहरु पत्ता लगाउन सहयोग पुर्याउनेछ ।
साथै, विभिन्न हर्मोन, भिटामिन, एलर्जीसम्बन्धी परीक्षण, विभिन्न किसिमका औषधीको मात्रा आदि जस्ता परीक्षणहरु (सिएलआईए) जस्ता उपकरणले परीक्षण गरी रोगहरुको निदानमा सहयोग पुर्याउने बताईएको छ ।
विभिन्न प्रकारका क्यान्सर रोगहरुको पहिचान गर्ने पद्धतीजस्तै (इम्युनोफ्लुरोसेन्स, इम्युनोहिष्टोकेमेष्टी, पिसिआर) टेष्ट पनि भित्र्याईएको छ । माईक्रोबायोलोजीअन्तर्गत अत्याधुनिक उपकरण जसले केही घण्टामै विभिन्न श्वाँसप्रश्वाँस, पाचन प्रणाली आदिमा रोग लगाउने जिवाणुहरुको वंशानुगत पहिचान गरी उपचारमा सहयोग पुर्याउने पनि प्रा.लीले जनाएको छ । साथै, विरामीममा कति मात्रामा एन्टिबायोटिकले (एमआईसी) काम गरेको छ भन्ने कुरा समेत पत्ता लगाई उपचारमा साथै, विरामीममा कति मात्रामा एन्टिबायोटिकले (एमआईसी) काम गरेको छ भन्ने कुरा समेत पत्ता लगाई उपचारमा सहयोग पुग्ने विश्वास लिएको छ ।
तस्विर : दिनेश चौधरी/रिपोर्टर्स नेपाल डटकम