
काठमाडौं,३० वैशाअ । देशभर थप ३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २ हजार ४१४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ११ तथा एन्टीजेन विधिबाट २६ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १४ जना संक्रमित निको पनि भएका छन् । यो सँगै देशभर सक्रिय संक्रमितको संख्या १२६ पुगेको छ । यो पीसीआरबाट संक्रमण पुष्टि भएको संख्या मात्र हो ।
सक्रिय संक्रमित मध्ये १० जना संस्थागत आईसोलेसन, १ जना आईसीयू तथा १ जना भेन्टिलेटरमा उपचाररत छन् ।