Logo

भोलि हुने थाइल्याण्डको आम चुनावमा दीपेन्द्र कँडेल इनिसिएटिभ पर्यवेक्षकको रुपमा खटिने



काठमाडौं, ३० बैशाख । भोलि (मे, १४ २०२३) मा हुने थाइल्याण्डको आम निर्वाचनमा नेपालबाट दीपेन्द्र कँडेल इनिसिएटिभले पर्यवेक्षण गर्ने भएको छ । पब्लिक इनोभेटर इञ्जिनियर दीपेन्द्र कँडेलको नेतृत्वमा रहेको इनिसिएटिभले पर्यक्षेक टोली खटाइसकेको छ ।

उक्त इनिसिएटिभ नेपालमा खोलिएको गैरनाफामूलक अन्तर्राष्टिय संस्था हो । निर्वाचनको क्रममा उक्त इनिसिएटिभले निश्पक्ष, पारदर्शी र स्वच्छ निर्वाचनमा प्रविधिको भूमिकालाई विशेष जोड दिने बताएको छ ।

डिकेआई इनिसिएटिभका अध्यक्ष दीपेन्द्र कँडेलले आफ्नो संस्थाबाट खटिने पर्यवक्षेकहरुले निश्पक्षता अपनाउने र निर्वाचनसम्बन्धी विश्वव्यापी मापदण्डलाई आत्मसात् गर्ने विश्वास दिलाए ।

अध्यक्ष कँडेलसँग निर्वाचन पर्यवेक्षणसम्बन्धी अन्तर्राष्टिय अनुभव छ । उनको टिमले जिम्बाबे, बंगलादेश, डेनमार्क, नेपाल र केन्यामा पनि पर्यवेक्षणको काम गरिसकेको छ । कँडेलले निर्वाचनमा प्रत्येक नागरिकले आफ्नो मत हाल्न पाउनुपर्ने र उक्त मतको कदर हुनुपर्ने धारणा राख्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्