Logo

शीर्ष तीन दलका नेताबीच बालुवाटारमा भेटवार्ता जारी



काठमाडौं, वैशाख ३१ । नक्कली शरणार्थी प्रकरणले असन्तुष्टी चर्किएको बेला प्रमुख दलका शीर्ष तीन नेता बालुवाटारमा छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलबीच भेटवार्ता जारी रहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ताको विषय भने गोप्य राखिएको छ । यसअघि पनि पटक पटक यी तीन नेताहरूबिच भेटवार्ता भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण लगायत दर्जन बढी पक्राउ परिसकेका छन् ।

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार रहेका छन् । त्यस्तै, नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्