Logo

काठमाडौं प्याब्सकको अध्यक्षमा राजन श्रेष्ठ



काठमाडौं, ३१ वैशाख । नीजि तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) को अध्यक्षमा राजन श्रेष्ठ निर्वाचित भएका छन् ।

हिजो (शनिबार) संगठनको पाँचौं अधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले प्याब्सकको उपाध्यक्षमा मिरा सिलवाल र पुष्पराज सिंखडालाई चयन गरेको छ ।

त्यसैगरी, सुदीप काफ्ले महासचिवमा चयन भएका छन् भने उपमहाचिवमा राजु पुडासैनी चयन भएका छन् । त्यसैगरी, सचिवमा लक्ष्मी गुरुङ, कोषाध्यक्षमा राजेश्वर तिवार चयन भएका छन् । सहकोषाध्यक्षमा भने होम लक्ष्मी गुरुङ चयन भए ।

अधिवेशन नेसलन प्याव्सनका केन्द्रीय अध्यक्ष पाण्डज हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

 

 



प्रतिक्रिया दिनुहोस्