Logo

त्रिवि उपकुलपति बरालद्धारा गण्डकी प्रदेशका आंगिक क्याम्पसहरुको स्थलगत अवलोकन



काठमाडौं, १६ बैशाख । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले गण्डकी प्रदेशमा रहेका ६ बटा आंगिक क्याम्पसहरुको शैक्षिक, भौतिक संरचना एवम् प्रशासनिक अवस्थाको बारेमा स्थलगत जानकारी लिएका छन् । अवलोकनका क्रममा उपकुलपतिले क्याम्पसहरुका विद्यार्थी, प्राध्यापक र कर्मचारीहरुसँग भेटेर क्याम्पसमा विद्यार्थीहरुको शैक्षिक उन्नयनको अवस्था,सञ्चालनमा रहेका शैक्षिक कार्यक्रम, शिक्षकहरुको उपलब्धता र कठिनाई, प्रयोगशालाहरुको अवस्था साथै विद्यार्थीहरुको सिकाईमा देखिएको उपलब्धी र कठिनाईहरुको बारेमा साक्षात्कार गरेका हुन् ।

यही बैशाख १४ गते कास्की जिल्लाको पोखरामा अवस्थित पृथ्वीनारायाण क्याम्पस, परिश्चामञ्चल क्याम्पस, नर्सिङ्ग क्याम्पस पोखरा, बनविज्ञान अध्ययन संस्थानको पोखरा क्याम्पस र बैशाख १५ गते लमजुङ क्याम्पस,लमजुङ र गोरखा क्याम्पस,गोरखासँग क्याम्पसको समग्र विकास,अनुसन्धानको अवस्था,शिक्षकहरुको प्राज्ञिक उन्नयन र विद्यार्थीहरुको सार्थक सिकाईका पक्षहरुमा सवै सरोकारहरुसँग छलफल गरेको जनाईएको छ ।

उनले पृथ्वीनाराण क्याम्पसलाई आफ्नो कार्यकालमा गण्डकी प्रदेशकको शैक्षिक उत्कृष्टताको केन्द्र र डिग्री उपाधि प्रदान गर्नसक्ने क्याम्पसको रुपमा विकसित गर्ने आफ्नो सोचपत्रमा उल्लेखित विषयलाई प्राथमिकतामा राख्ने योजना रहेको बताएका छन् भने भने पश्चिमाञ्चल क्याम्पसमा प्रयोगशालालाई स्तरोन्नती गरी विद्यार्थीहरुको सिकाईलाई प्राथमिकतमा राख्न क्याम्पस प्रशासनसमक्ष छलफल गरेका थिए । नर्सिङ क्याम्पसलाई आवश्यक ३०० शैयाको अस्पतालका लागि सरकार लगायत सहयोगीसंस्थाहरुमा आवश्यक पहल गर्ने बताएका थिए ।

गण्डकी प्रदेशका आंगिक क्याम्पसको भौतिक पूर्वाधारको अवस्था तुलनात्मक रुपमा सृदृढ रहेको र प्रयोगशालाहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने उपकुलपति प्रा।डा बराललको धारणा रहेको छ । लामो समयसम्म त्रिवि सेवा अयोगका महत्वपूर्ण पदहरु रिक्त रहनु, आयोगको विश्वसनियतमा समस्या देखापर्नुुका साथै केही कानुनी अडचनहरुका कारण शिक्षक÷कर्मचारीहरुको पदोन्नती र नियुक्तीमा अवरोध भएको बताएका छन् ।

सेवा अयोग नियमित नहुनाले देशभरका सवै क्याम्पसहरुमा मानवस्रोतको अभाव भएको र सेवा अयोगको पदपूर्ती हुनाँसाथ रिक्द दरवन्दीमा विज्ञापन गर्ने बताए । शिक्षक तथा कर्मचारीहरुलाई आफ्नो क्षमता विकासमा लाग्न प्रेरित गर्नुहुँदै उपकुलपति प्रा।डा केशरजङ्ग बरालले त्रिविमा योग्यता र क्षमताको आधारमा नियुक्तीका अवसरहरु उपलब्ध गराउने आफना्े सोचपत्रमा उल्लेखित विषयलाई कार्यान्वयमा ल्याउने बताएका थिए ।

उच्चशिक्षाको समग्र विकासका लागि सवै शिक्षकरकर्मचारी र विद्यार्थीहरुलाई सहयोग गर्न समेत अनुरोध गर्नुभइको थियो । स्थलगत अवलोकनकै क्रममा उनले पृथ्वीनारायण क्याम्पसको नवनिर्मित शिक्षाशास्त्र संकायको भवनको समेत शिलान्यास गरेका थिए भने क्याम्पसले अयोजना गरेको प्राध्यापक कर्मचारी मैत्रीपूर्ण खेलकुद प्रतियोगितामा पुरस्कृत शिक्षक कर्मचारीहरुलाई पुरस्कृत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot