Logo

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालत काठमाडौंमा पेश गरियो (फोटोफिचर)



काठमाडौं, ३१ बैशाख । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका अभियुक्तहरुलाई जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ । आज (आइतबार) प्रहरीले उनीहरुलाई अदालतमा पेश गरेको हो ।

ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै थप समय हिरासतमा राख्न अनुमति माग गर्दै जिल्ला अदालतमा पेश गरेको हो ।

पक्राउ परेकाहरुमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायत छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्