Logo

काठमाडौं प्याब्सनमा राजन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन



काठमाडौं, जेठ १ । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं प्याब्सनमा राजन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

शनिबार सम्पन्न भएको संस्थाको पाचौं अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा मिरा सिलवाल र पुष्पराज सिंखडा, महासचिवमा सुदिप काफ्ले चयन भएका छन्।

त्यस्तैगरी, उपमहासचिवमा राजु पुडासैनी, सचिवमा लक्ष्मी गुरूङ, कोषाध्यक्षमा राजेश्वर तिवारी र सहकोषाध्यक्ष होम लक्ष्मी गुरूङ चयन भएका छन् ।

२०६१ सालमा स्थापित यो संस्थाले विद्यार्थीको पढाइ, शिक्षक, सञ्चालक र प्रधानाध्यापकको क्षमता विकास तथा अधिकारका क्षेत्रमा काम गर्दै आएको छ । अधिवेशन नेसलन प्याव्सनका केन्द्रीय अध्यक्ष पाण्डज हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।



प्रतिक्रिया दिनुहोस्