Logo

तीन दलका शीर्ष नेताको बैठकप्रति रास्वपाको आशंका



काठमाडौं,१ जेठ । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)ले विगत केहीदिन देखि लगातर रुपमा तीन दलका शीर्ष नेताहरुबीच भेटघाटकोक्रम बढेपछि आशंका उत्पन्न भएको जनाएको छ ।

रास्वपाले शीर्ष नेताहरुले नक्कली भुटानी शरणार्थी  प्रकरणलाई गुपचुप रुपमा मिलाउने कोसिश भईरहेको आशंका व्यक्त गरेको हो ।

आइतबार साँझ बसेको पार्टीको संसदीय दलको बैठकमा तीन दलका शीर्ष नेताहरूको बैठक बसेर नक्कली शरणार्थी प्रकरण मिलेमतोमा सल्टाउने प्रयास गर्नु नहुने निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको बैठकमा भ्रष्टाचारको घटना मिलाउनका लागि तीन दलको बैठक बस्न नहुने निष्कर्ष निकालेको बताए ।

‘तीन दलका शीर्ष नेताहरू बसेर संसदलाई बन्दी बनाउन पाइँदैन । संसदबाट हुनुपर्ने काम कारबाही र निर्णय संसदबाट नै हुनुपर्छ ’, उनले भने, ‘तर तीन दल कुनै न कुनै हिसाबले भुटानी शरणार्थी प्रकरणमा जोडिएका छन्, बाहिर आएको कुरा छ, त्यो घटना मिलाउनका लागि तीन दल बस्नु भएन, हामी उहाँहरूसँग चौथो दल भएर राजनीतिक लेनदेन गर्नेछैनौँ । भ्रष्टाचारका मुद्दालाई मिलेमतोमा कमजोर बनाउन पाइँदैन । आवाज उठाउने सबैभन्दा मुख्य ठाउँ संसद् नै हो, यदी त्यहाँ बन्द गरियो भने हामी सडकमा गएर भए पनि आवाज उठाउनेछौँ । राजनीतिक पार्टीहरू अब फेरि बचाउन लाग्नेतिर जानुहुन्छ भन्ने लाग्दैन ।’परियारले भने ।
शीर्ष नेताहरु मात्र वैठकमा बस्न थालेपछि रासवपा मात्रै होइन सत्ता गठवन्धनमै रहेका नेकपा एस,जसपा र जनमत तथा प्रतिपक्षमा रहेको राप्रपालेसमेत आशंका गरिरहेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्