Logo

नेपाल–बंगलादेश ऊर्जा बैठक आजदेखि



काठमाडौं, जेठ १ । नेपाल–बंगलादेश ऊर्जा बैठक सुरु हुँदैछ । बंगलादेशमा आज सुरु हुने बैठकमा आगामी वर्षायाममा विद्युत व्यापार सुरु गर्न आवश्यक वातावरण तयार गर्न छलफल हुने बुझिएको छ ।

बैठकको पहिलो दिन आज संयुक्त कार्य समुहको बैठक बस्नेछ भने भोलि दुई देशिय ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बस्दैछ ।

बैठकमा नेपालबाट ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले नेतृत्व गर्दैछन् । बंगलादेशको तर्फबाट त्यहाँका ऊर्जा सचिव हाबिबुर रहमानले गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्