Logo

थोकमा भाउ घट्यो खुद्रामा घटेन



काठमाडौं, जेठ २ । दैनिक उपभोग्य वस्तुुको भाउ थोकमा घटेको भनिए पनि खुुद्रा बजारमा उपभोक्ताले भाउ घटेको महसुुस गर्न पाएका छैन । थोक व्यापारीले भने पछिल्लो तीन महिनाको बिचमा खाने तेल, चामल, चिनी, दहलन, आँटा, मैदाको मूल्य १० देखि ४० प्रतिशत घटेको दाबी गरेका छन् । यता खुुद्रा व्यापारीहरू पछिल्लो तीन महिनाको बिचमा चिनी प्रतिकेजी पाँच रुपियाँ, सनफ्लावर र भटमास तेल प्रतिलिटरमा ३० रुपियाँसम्म मात्रै घटेको बताउँदै आएका छन् ।

नेपाल खुुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले थोक व्यापारीले भनेजस्तो बजारमा उपभोग्य वस्तुुको भाउ नघटेको दाबी गरे। उनले भने, “खुुद्रा पसलमा उहाँहरूको जस्तो मनोमानी जति भने पनि हुुने हुँदैन, हाम्रो धेरै प्रतिस्पर्धा छ, घटेको भाउ बढाएर बिक्रि गर्नेबित्तिकै हाम्रो पसल नै चल्दैन । त्यसैले थोकमा घटेको भाउ खुुद्रामा नघटाई हुँदै हुँदैन, त्यो सम्भव छैन ।” सनफ्लावर तेलको भाउ प्रतिलिटर २५० बाट घटेर २२० रुपियाँ पुुगेको छ, थोक व्यापारीले यही तथ्याङ्कलाई लिएर ३० प्रतिशत घटेको झुटो तथ्य प्रस्तुुत गर्दै आएको उनको भनाइ छ ।

दैनिक उपभोग्य वस्तुु चामल, दाल, तेल, मैदा र आँटासहितका खाद्यवस्तुको मूल्य थोकमा घटे पनि उपभोक्ता सो मूल्य पाउनबाट वञ्चित भएको हुन सक्ने थोक व्यापारी बताउँछन् । थोक खाद्यवस्तुु व्यापार गर्ने व्यवसायीका अनुसार गत फागुनको तुलनामा धेरै प्रकारका खाद्यान्नको बजार मूल्य थोकमा सस्तो भएको छ ।

नेपाल खुद्रा व्यापार सङ्घको मासिक बजार मूल्य बुलेटिनमा पनि केही मूल्य घटेको देखिन्छ तर किराना पसलले थोकको दाबी अनुसार वस्तुको मूल्य नघटाएको उपभोक्ता अधिकारकर्मी आरोप लगाउँछन् ।

नेपाल खाद्य किराना तथा थोक व्यवसायी सङ्घका अनुसार बजारमा बढी खपत हुने चामल, दाल, सनफ्लावर र सोयाबिनको तेलको भाउ घटेको छ । चामलमा प्रतिबोरा दुई सय रुपियाँ, सनफ्लावर तेल प्रतिलिटर २५० रुपियाँबाट घटेर १८० रुपियाँ, सोयाबिन तेलको मूल्य २४० रुपियाँबाट १४५ रुपियाँ थोकमा कारोबार भएको दाबी गरिएको छ ।

यस्तै मैदा प्रतिकेजी ११५ रुपियाँबाट घटेर प्रतिकेजी ६० रुपियाँमा झरेको छ । मुसुरो दाल, मास दाल, रहर दाल, गेडागुडी प्रतिकेजीमा १० देखि २० रुपियाँसम्म घटेको थोक व्यवसायी सङ्घले जनाएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot