Logo

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई चॉंडो अनुसन्धान टुंग्याउन सरकारी वकिल कार्यालयले दिएको दबाब कस्को स्वार्थमा ?



काठमाडौं, जेठ २ । नेपाली कांग्रेस केन्द्रिय कमिटि सदस्य अजयवावु सिवाकोटीले सरकारवादी मुद्धाको बहुसंख्यक मुद्धा सरकारी वकिलहरुले कम्प्रोमाइज गरेकै कारण पिडितहरूले मुद्धा हार्दै आएको बताएका छन् ।

समाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता सिवाकोटीले राज्य बिरूद्धको अपराध, मानव बेचविखन तथा ओसारपसार, संगठित अपराध, ठगी, सरकारी कागजात कीर्ते लगायतका अपराध आकर्षित हुने नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई चॉंडो अनुसन्धान टुंग्याउन सरकारी वकिल कार्यालयले दिएको दबाब कसैको स्वार्थमा आएको बताएका छन् ।

उनले लेखेका छन्, ‘सरकारवादी मुद्धाको बहुसंख्यक मुद्धा सरकारी वकिलहरुले कम्प्रोमाइज गरेकै कारण पिडितहरूले मुद्धा हार्दै आएका छन्। राज्य बिरूद्धको अपराध, मानव बेचविखन तथा ओसारपसार, संगठित अपराध, ठगी, सरकारी कागजात कीर्ते लगायतका अपराध आकर्षित हुने नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई चॉंडो अनुसन्धान टुंग्याउन सरकारी वकिल कार्यालयले दिएको दबाब कस्को स्वार्थमा आएको बुझ्न गाह्रो छैन।’

उनले अगाडी लेखेका छन, ‘भ्रष्टाचारको यो जालो तोड्न सरकारी वकिलहरु परिचालन गर्ने महान्यायाधिवक्ता कार्यालयको धारणा के हो? की भागशान्तीमै चित्त बुझाउने बानी परिसक्योरु हैन भने प्रहरीको अनुसन्धान जारी रहेकै बेला सरकारी वकिल कार्यालयले अस्वाभाविक सक्रियता देखाउँदै चॉंडो फाइल बुझाउन आदेश गर्नुको आशय के हो ? महान्यायाधिवक्ता र उनको कार्यालयले प्रष्ट पारोस। अदालतमा मुद्धा पेश गर्ने अधिकार पाएको सरकारी वकिल कार्यालयलाई मुद्धा कमजोर बनाउन नदिन आआफ्नो ठाउँबाट दबाब दिउँ। जय नेपाल।’



प्रतिक्रिया दिनुहोस्