काठमाडौं, जेठ २ । नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग मंगलबार पनि बयान लिइने भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार लिएको बयान नसकिएपछि दुवै जनासँग आजपनि बयान लिन लागेको हो ।
रायमाझी गत आइतबार राती पक्राउ परेका हुन । भुटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीद्वयसहित १३ जना अहिले प्रहरी हिरासतमा रहेका छन् ।