Logo

बाह्य शक्तिले नेपाली राजनीतिमा अस्थिरता निम्त्याए : शंकर पोखरेल



काठमाडौं, जेठ २ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली राजनीतिमा बाह्य शक्तिको चलखेलले अस्थिर बनेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले बाह्यशक्तिले नेपालमा राजनीतिक अस्थिरता सिर्जना गरी आफ्नो प्रभाव विस्तार गर्न लागेको टिप्पणी गरेका हुन्।

उनले नियोजित रुपमा सिर्जना गरिएको राजनीतिक अस्थिरताका कारणले पनि नेपाली राजनीतिले सही दिशा र बाटो समाप्त नसकेको उल्लेख गरेका छन्। उनले नेपाली राजनीतिको विकल्पका रुपमा अघि सार्न खोजिएको पपुलिष्ट राजनीतिले राजनीतिक संकटको समाधान दिने सम्भावना नरहेको उल्लेख गर्दै त्यसले भूराजनीतिक स्वार्थको गोटी बन्ने सम्भावना वढि रहेको बताएका छन्।

उनले जनमतलाई विभाजित हुनबाट जोगाउन बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको पनि औल्याएका छन्। महासचिव पोखरेलले ठूला ठूला संघर्ष र बलिदानको संघर्षवाट हुर्केका नेता र पार्टी भित्रको त्यो पीडा उनीहरुको मात्र कमजोरी ठान्नु भूल हुने उल्लेख गरेका छन्।
यस्तो छ उनको स्टाटस
संकटको पहिचान र समाधानको उपाय
जतिवेला नेकपा (एमाले) वलियो वन्छ र राम्रो काम गर्न सुरुगर्छ त्यतिवेला त्यतिवेला नेकपा९एमाले० भित्र अन्तरसंघर्ष वढेकोरवढाइएको र विभाजनको पीडा वेहोर्नु परेको छ ।

राम्रो कामगर्दा विभाजनको पीडा वेहोर्नु पर्दा जनता र कार्यकर्तामा नेतृत्व असफल भएको लाग्नु स्वभाविक नै हो । तर कामगर्न खोज्ने प्रमुख नेतृत्वको पीडा पनि आफ्नै खालको छ ।

यस्तो स्थिति एमालेका हकमा मात्र होइन, नेपाली कांग्रेस भित्र पनि उस्तै छ । यद्यपी कांग्रेस उदारवादी यथास्थितिवाद तर्फको झुकाउ वढेका कारणले उसको कार्यकर्ता पंक्ति र समर्थकमा भने नेकपा (एमाले) प्रतिको जस्तो पीडाको अनुभूती कम देखिन्छ ।

ठुला ठुला संघर्ष र बलिदानको संघर्षवाट हुर्केका नेता र पार्टी भित्रको त्यो पीडा उनीहरुको मात्र कमजोरी ठान्नु ठुलो भुल हुनेछ । त्यसमा भूराजनीतिक स्वार्थहरुको प्रभाव वढि छ । नेपालमा राजनीतिक अस्थिरता सिर्जनागरी आफ्नो प्रभाव विस्तार गर्ने वाह्यशक्तिहरुको चलखेलले नेपाली राजनीति अस्थिर बनेको छ ।

नियोजित रुपमा सिर्जना गरिएको राजनीतिक अस्थिरताका कारणले पनि नेपाली राजनीतिले सही दिशा र वाटो समाप्त सकेको देखिदैन। तर नेपाली राजनीतिको विकल्पका रुपमा अघि सार्न खोजिएको पपुलिष्ट राजनीतिले राजनीतिक संकटको समाधान दिने कुनै सम्भावना नै छैन । वरु त्यो भूराजनीतिक स्वार्थको गोटी वन्ने सम्भावना वढि रहन्छ । पछिल्लो चुनाव पछिको सत्ता राजनीतिक संघर्षको विश्लेषण गर्ने हो भने त्यस्तै भइरहेको छ ।

राजनीति सही नीति, कार्यक्रम र संगठनको वलमा अघि वढ्दछ भन्ने मान्यता राख्ने हो भने त्यो आवश्यकता उदारवाद कि समाजवाद भन्ने एजेण्डा भित्र नै खोज्नुपर्ने हुन्छ । राजनीतिलाई त्यसकै वरीपरी ध्रुविकृत गर्नुपर्ने हुन्छ । नयाँका नाममा पपुलिष्ट राजनीतिक गरिरहेकाहरुले पनि आफ्नो वाटो उदारवाद कि समाजवाद भनेर नीतिगतरुपमा स्पष्टता दिन सक्नु पर्दछ । सधैभरी पपुलिष्ट कुरा गरेर समाजलाई सही गन्तव्यमा पुर्याउन सकिदैन ।

नेपाल जस्तो मुलुकमा उदारवादले व्यापारिक पूजीवादलाइ प्रश्रय दिने काम गर्दछ । त्यसको लाभ आम जनताले पाउन सक्तैन । त्यसवाट दलाल नोकरशाही पूँजीवाद नै लाभान्वित वन्न पुग्दछ । नेकपा (एमाले)लाई परमादेशवाट हटाएपछिको पाँच दलिय सरकारले अवलम्वन गरेको नीति उदारवाद नै हो । त्यसको परिणाम के हुदो रहेछ हामीले चरम आर्थिक संकटका रुपमा भोगिरहेका छौ ।

समाजवाद हाम्रो जस्तो मुलकमा स्वाधिन अर्थतन्त्र निर्माणको वाटो हो । तर अहिलेकै अवस्थामा नेपाली समाजले समाजवादी कार्यक्रम लागु गरिहाल्न सक्ने अवस्था पनि छैन । यस्तो अवस्थामा समाजवाद उन्मुख आर्थिक समाजिक विकासको वाटो नै उपयुक्त वाटो हो । तर त्यसका लागि पनि वलियो राष्ट्रिय शक्तिका रुपमा समाजवादका पक्षधर शक्ति सुदृढ हुनु पर्दछ ।

अहिले जस्तो नेपाली समाज विचारधाराका आधारमा केन्द्रीकृत र ध्रुविकृत नहुने हो भने वलियो राष्ट्रिय शक्तिको विकास हुन सक्तैन । आजको संकटको समाधान पनि हुन सक्तैन । त्यसैले जनमतलाई विभाजित हुनवाट जोगाउ । विचारधाराको जगमा जनमतलाई सुदृढगरी वलियो राष्ट्रिय शक्तिका रुपमा राजनीतिक दलहरुलाई सुदृढ गरौ ।



प्रतिक्रिया दिनुहोस्