Logo

दोषी जोगाउन षड्यन्त्र भए इतिहासले माफी दिंदैन : रावल



काठमाडौं, जेठ २ । नेकपा (एमाले) का नेता डा. भीम रावलले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधमा संलग्नलाई जोगाउन खोज्नेलाई इतिहासले माफ नदिने बताएका छन् ।

उच्च राजनीतिक तहबाट दोषी जोगाउन षडयन्त्र भइरहेको समाचार प्रकाशित भएपछि प्रतिक्रिया जनाउँदै उनले समाजिक सञ्जाल फेसबुकमार्फत यस्तो टिप्पणी गरेका हुन् । सञ्चारमाध्यममा ठगी कसुरमा मात्रै मुद्दा चलाएर मुद्दा कमजोर पार्न प्रहरीलाई उच्च राजनीतिक दलको दबाबको समाचार प्रकाशित भएपछि उनले त्यसो गर्नु आफैमा अपाराधिक भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘नक्कलि भुटानी शरणार्थी बनाउने जघन्य अपराधमा संलग्नहरुलाई जोगाउन उच्च राजनीतिक तहबाट षडयन्त्र भइरहेको समाचार आएका छन् । यदि उच्च राजनीतिक वा प्रशासनिक तहको कुनै व्यक्तिले त्यसो गरेमा देश र जनताप्रतिको गद्दारी, शहीदहरुको रगतको अपमान, संविधान, कानून र शासन प्रणालीको खिल्ली उडाउने अपराधिक कुकर्म ठहरिनेछ । इतिहासले माफि दिने छैन।’



प्रतिक्रिया दिनुहोस्