काठमाडौं,२ जेठ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गरेपछि तीन केन्द्राध्यक्षलाई कारबाही गरेको छ ।
गत वैशाख २९ र ३१ गते सञ्चालन गरेको परीक्षामा कानून विपरीतको कार्य गरेको पाइएपछि एक केन्द्राध्यक्ष बर्खास्त भएका छन् भने दुई जनालाई सचेत गराइएको छ ।
बोर्डको बर्खास्तमा पर्ने केन्द्राध्यक्षमा टेक्सास इ मा.वि, मित्रपार्क,काठमाडौं रहेका छन् भने कैलाशकुट बहुमुखी क्याम्पस, मित्रपार्क, काठमाडौँ र कुमारी आवासीय मा.वि,बौद्ध, काठमाडौँका केन्द्राध्यक्षलाई उचित परीक्षाको वातावरण कायम गर्न नसकेको भन्दै सचेत गराएको छ ।