Logo

विज्ञान प्रविधि सम्मान डा. पन्ना थापालाई प्रदान गरिने



 काठमाडौँ, २ जेठ ।  लामो समयदेखि औषधिसम्बन्धी अनुसन्धान र फार्मेसी विषयमा अध्यापन गर्दै आएका प्रा. डा. पन्ना थापा (डोल्पा) लाई शब्दयात्रा प्रकाशनले २०८० सालको शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान   समर्पण गरिने भएको छ ।
औषधि उत्पादन तथा वितरण, प्रविधि विकास तथा हस्तान्तरण, गुणस्तरको प्रत्याभूति एवं गुणस्तर नियन्त्रणजस्ता विषय समेटिएका थापाका अनुसन्धानात्मक लेख विभिन्न जर्नलमा प्रकाशित छन् ।
शारदा घिमिरे भैल संयोजक तथा गीता अधिकारी र कालिका त्रिपाठी पन्त सदस्य रहेको समितिले यो निर्णय गरेको प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिए । सम्मानका लागि  आर्थिक व्यवस्थापन रामकृष्ण श्रेष्ठ प्रतिष्ठानले गर्ने भएको छ ।
प्रकाशनले प्रत्येक वर्ष विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्