Logo

बालकृष्ण खाँण पक्राउ परेपछि कांग्रेसको आधिकारिक धारणा बाहिरियो



काठमाडौं, २ जेठ । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आफ्नो नेता बालकृष्ण खाँणबारे तत्काल निलम्बन नगर्ने निर्णय गरेको छ । खाँण पक्राउ परेको एक सातापछि आज (मंगलबार) कांग्रेसले पत्रकार सम्मेलन गरेर पार्टीको तर्फबाट आधिकारिक धारणा सार्वजनिक गरेको हो ।

पार्टीको तर्फबाट प्रवक्ता डा. प्रकाशशरण महतले खाँणबारे पार्टीले निलम्बन नगर्नुको कारण खुलाएका थिए । उनकाअनुसार खाँणले निर्दोष प्रमाणित गर्छु भनिरहेकाले पार्टीले तत्काल निलम्बन नगरेको हो ।

महतलेप्रष्ट्याए,‘निर्दोष रहेको उहाँले भनिरहेकाले निलम्बनको निर्णय पार्टीले नगरेको हो ।’ उनले उक्त प्रकरणबारे अनुसन्धान परिपक्क र स्वतन्त्र हुनुपर्ने बताए । र, अनुसन्धान प्रक्रियामा आफ्नो पार्टीले पूर्ण रुपमा सघाउने बताए ।

कांग्रेसभित्र खाँण पक्राउ परेपछि निलम्बन गर्ने कि नगर्ने भन्नेबारे पदाधिकारीहरु विभाजित भएका थिए । महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले भने खाँणलाई तत्काल निलम्बन गर्नुपर्ने आवाज उठाएका थिए । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्