Logo

नेताहरुले भुटानी शरणार्थी प्रकरण सामसुम पारे गणतन्त्र जोखिममा पर्छ : केसी (भिडिओसहित)



काठमाडौं, २ जेठ । जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले नक्कली भुटानी शणार्थी प्रकरण नेताहरुले सामसुम पारे गणतन्त्र नै जोखिममा पर्ने खतरा औंल्याएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले यस्तो बताएका हुन्।

उनले नेपालमा लोकतन्त्र र गणतन्त्र सजिलै गरेर नआएको स्मरण गराए । उनले ०४६ पछि उदाएका नेताहरुलाई लोकतन्त्र कसरी आएको भन्ने थाहा नभएको जिकिर गरे । उनले नेपालमा संघीयता पछि मिसाएको आरोप लगाए । उनले नेपालजस्तो सानो मुलुकमा संघीयता लाद्नु गलत भएको आफूहरुको भनाई रहेको सुनाए।

उनले नेपाली जनता अहिले संघीयताको नाममा करको मारमा परेको आरोप लगाए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कडा कारबाही हुनुपर्ने बताए । उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर आफूले बधाई दिएको स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot