तेहरान, २ जेठ । इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले सोमबार टर्कीको राष्ट्रपति र संसदीय निर्वाचनमा भएको उच्च मतदानलाई लोकतन्त्रको विजयको सङ्केत भएको बताएका छन्।
आइतबारको चुनावमा टर्किएका नागरिकहरूको व्यापक सहभागितामा बारे टिप्पणी गर्दै मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा कनानीले सो टिप्पणी गरेका हुन् ।
उनले टर्कीका जनता, निर्वाचनका आयोजकहरू, नेताहरू र राजनीतिक दलहरूलाई मतदानको सफल आयोजना गरी लोकतान्त्रिक गतिविधिको सुदृण पार्दै लोकतन्त्रको विजयू गराएकामा बधाइ दिएका छन् ।
टर्कीको पहिलो चरणको राष्ट्रपतिय र संसदीय चुनावमा मतदान गर्न लगभग ६ करोड मतदाताहरू दर्ता भएका छन्। विदेशमा रहेका करिब ३५ लाख मतदातालाई अग्रिम भोट हाल्न आह्वान गरिएको छ । झण्डै ८० प्रतिशत बढी बतदान भएको थियो । रासस