Logo

नेतृ एलिजा गौतमसहित नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताहरु माइतीघरमा



काठमाडौं, २ जेठ । सर्वोच्च अदालतले आफ्नो पार्टीका जन्मदाता तथा संरक्षक रेशम चौधरीलाई जन्मकैदको फैसला यथावत राखेपछि नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।

नागरिक उन्मुक्तिकी केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुख एलिजा गौतम आँफै माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा सहभागी भएकी हुन् ।

सो क्रममा उक्त पार्टीका नेता तथा कार्यकर्ताहरुले नाराबाजीसमेत गरेका थिए । उनीहरुले सर्वोच्चको फैसला अन्यायपूर्ण भएको भन्दै चौधरीलाई रिहाइ गर्न माग गरेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्